अभिनेता विराज भट्ट आफ्नै निर्देशनमा साङ्लो फिल्म गर्दैछन् । अभिनेता भट्टका लागि निर्देशन सहज भने छैन । विराजको करिअरको हिट फिल्म खलनायक को सिक्वेल बन्दैछ । गोविन्द सिंह भण्डारीको निर्देशनमा बन्ने सिनेमालाई रोज राणाले निर्माण गर्दैछन् ।

खलनायक फिल्ममा विराज भट्ट, निखिल उप्रेती, राजेश हमाल मुख्य भूमिकामा थिए । विराज भट्टलाई यो फिल्ममा शिर्ष भूमिकामा देखाइएको छ । तर, यसको सिक्वेलमा भने यी तिनै कलाकार नहुने रोजले बताइसकेका छन् । तर, अभिनेता विराजलाई भने खलनायक २ मा काम गर्ने इच्छा पलाएको छ । उनले, सिनेमाको कथामा आफ्नो आवश्यकता भएको खण्डमा निर्माता रोजले अफर गर्ने बताए ।

विराजका अनुसार उनी र रोजको बिचमा कुनै पनि नराम्रो सम्बन्ध छैन । उनले खलनायक २ खेल्ने इच्छालाई रोजले पुरा गर्लान् त ?

For More videos Log on to Mazzako TV