सलिनलाई बर्थ डे मै अवार्ड
गिफ्ट अभिनेता सलिनमान बनियाँले राजधानीको हिरारत्न हलमा आयोजना भएको ११ औ डी सिने अवार्डमा उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् । अवार्ड परिसरमा उत्कृष्ट ७ मनोनयनमा परेका अभिनेतामा सलिनमान मात्र उपस्थित थिए ।

सलिनले अवार्ड पाएपछि फ्यान र टिमलाई धन्यवाद दिए । सलिनमान बनियाँले सिनेमा यात्राबाट अवार्ड पाएका थिए । यात्राबाट अवार्ड पाएका सलिनमानले ए मेरो हजुर २ बाट करिअर सुरु गरेका थिए । सलिनमानको आज जन्मदिन पनि हो । जन्मदिनमा उनलाई अवार्ड उपहार जस्तै भएको छ । सलिनमान बनियाँको द्धन्द्धको यात्रामा तारिफ भएको थियो ।
उनीसँगै अवार्डको प्रतिस्पर्धामा अभिनेता अनमोल केसी, विपिन कार्की, पुष्प खड्का, प्रदिप खड्का लगायत थिए ।
For More videos Log on to Mazzako TV







