पूर्व मिस नेपाल निकिता चण्डक फिल्म साङ्लोमा काम गर्दैछिन् । निकिताले काम गर्न लागेको यो फिल्मलाई अभिनेता विराज भट्टले निर्देशन गर्दैछन् । फिल्म साङ्लोका लागि अभिनेता विराज भट्टले धेरै अभिनेत्रीहरुसँग कुरा गरेका थिए । उनले पूर्व मिस नेपाल निकिता चण्डकसँग पनि कुरा गरे ।

तर, निकिता फिल्म गर्ने मुडमा थिइनन् । किनभने, उनले डेब्यू गर्न लागेको फिल्म रानी महल पनि २० प्रतिशत बनेर बन्द भएको थियो । यसैले पनि निकितालाई अब आफूले सिकेर आउन पर्छ भन्ने लागेको थियो । तर, अभिनेता विराज भट्टले निकितालाई संझाए ।

निकितालाई विराजले संझाएपछि नै उनी काम गर्नका लागि तयार भएकी हुन् । विराजको बोल्ने स्टाइल, कन्भिन्स गर्ने तरिकाले आफूलाई प्रभावित बनाएर काम गरेको निकिताले बताएकी छिन् ।

For More videos Log on to Mazzako TV