बाघ विराज
अभिनेता विराज भट्टले बाघ कहिले पनि बुढो नहुने बताएका छन् । विराजले बाघ भनेर आफूलाई सम्बोधन गरेका छन् । विराजले बनाउन लागेको फिल्म साङ्लो फिल्मको घोषणा कार्यक्रममा उनले आफूलाई बाघ भनेका हुन् ।

बिराजले अहिले आएका हिरोहरुलाई डमरु पनि भनेका छन् । उनले अहिले आएका भाइहरु पनि राम्रो भएको भन्दै उनीहरुलाई डमरु भनेका छन् । तर, उनीहरु पनि चाडै नै बाघ बनुन् भनेर उनले शुभकामना दिन भने भ्याएका छन् । विराजले यसो भन्दै गर्दा पत्रकार सम्मेलनमा हाँसो छुटेको थियो ।
बिराजले आफू भोजपुरी फिल्ममा व्यस्त भएपनि नेपाली फिल्ममा नै लगानी गर्न तम्सिएको बताएका छन् ।