दाल भात तरकारीको ओपनिङ कस्तो ?
आज शुक्रबारबाट रिलिज भएको बर्षकै पहिलो आशा गरिएको फिल्म दाल भात तरकारीलाई सुखद ओपनिङ मिलेको छ । यो फिल्मलाई सिंगल भन्दा मल्टिप्लेक्स हलहरुमा बढी रुचाइएको छ । राजधानीको ठूलो चेन मानिने क्यूएफएक्समा २० शो पाएको फिल्मले शुक्रबार उत्साहजनक व्यापार गरेको छ ।

शनिबारका लागि पनि क्यूएफएक्सका शोहरु भरिभराउ भैसकेका छन् । सिनेमाले सिंगल हलमा भने औषत कमाई गरेको छ । सुदन केसीको निर्देशनमा बनेको दाल भात तरकारीमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, बर्षा राउतको मुख्य भूमिका छ ।
सिनेमाले आइतबारदेखि गर्ने व्यापारले यसको लामो रेशको घोडा बन्ने कि नबन्ने भन्ने निर्धारण गर्नेछ । सिनेमाको मुख्य हिरो नै हरिवंश आचार्य र निरुता सिंह छन् ।