कस्तो व्यापार गर्ला दाल भात तरकारीले ?
भोली शुक्रबारदेखि रिलिज भएको फिल्म दाल भात तरकारीले कस्तो व्यापार गर्ला ? यो फिल्मले व्यापार कस्तो गर्ला भन्ने चर्चा चलिरहँदा यसको बुकिङ खुलेको छ । यो फिल्मलाई क्यूएफएक्सले २० शोज दिएको छ । हलिउडको फिल्म एभेजन्र्सको उपस्थिती हुँदा पनि यसले २० शो पाउनु सुखद हो ।

हुनत, फिल्मले शो मात्र पाएर हुँदैन, व्यापार पनि गर्नुपर्छ । दाल भात तरकारीले देशभर नै कस्तो ओपनिङ गर्ला भन्ने चर्चा सुरु भएको छ । के यसले शत्रु गतेको रेकर्ड तोड्ला ? सुदन केसीले निर्देशन गरेको यो फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, बर्षा राउत लगायतका कलाकारको मुख्य भूमिका छ ।








