निर्माता रोज राणाले खलनायक २ को तयारी थालेका छन् । साउनदेखि छायांकनमा जाने यो फिल्मको निर्देशन गोविन्द सिंह भण्डारीले गर्दैछन् । गोविन्दले फिल्म रणवीर निर्देशन गरेका थिए । यो फिल्मलाइ प्रेम र लडाइको कथामा नै बनाइनेछ ।

सिनेमामा मौनता श्रेष्ठको लेखन, एन बी महर्जनको द्धन्द्ध निर्देशन रहनेछ । फिल्म खलनायक २ लाई बाह्र बर्ष अघि बनेको फिल्म खलनायकको सिक्वेलको रुपमा बनाउन लागिएको हो । फिल्ममा कलाकार को हुने फाइनल छैन ।

फिल्ममा खलनायक फिल्मका मुख्य ३ हिरो राजेश हमाल, विराज भट्ट र निखिल उप्रेती भने हुने छैनन् । फिल्मका लागि नयाँ कलाकार लिने निर्माता रोज राणाले बताएका छन् ।

For More videos Log on to Mazzako TV