सुदर्शनको चिट मिल
निर्देशक सुदर्शन थापा रेष्टुरेन्ट पेशामा लागेका छन् । सुदर्शन थापाले राजधानीको दरबारमार्गमा रेष्टुरेन्ट संचालन गरेका छन् । अभिनेत्री पूजा शर्माको जन्मदिनको अवसर पारेर चिट मिल नामक रेष्टुरेन्ट संचालनमा ल्याइएको हो ।

मंगलबार पूजाको जन्मदिनमा केक काटियो । सुदर्शन सिनेमा निर्देशनसँगै अब यो पेशामा पनि लाग्ने बताउँछन् । उनका अनुसार, सबै खालका परिकार यो रेष्टुरेन्टमा पाइन्छ । दरबारमार्गको नबिल बैंक रोडमा रहेको रेष्टुरेन्टमा अभिनेता राज कटुवालको पनि लगानी छ ।









