दिवाकरको निर्देशनमा दीपिकाको जोडी आर्यन ?
चर्चित फिल्म निर्देशन गरेका दिवाकर भट्टराई पछील्लो समय दीपिका प्रसाइ सँगको कोर्ट म्यारिजले चर्चामा रहे । छिट्टै बिहेको तयारीमा रहेका यस जोडी नयाँ फिल्ममा सङ्गै काम गर्ने भएका छन् । तर फिल्ममा भने दीपिकाको जोडी अरु नै हुने छन् । बुझिए अनुसार यस चलचित्रका लागि नायक आर्यन सिग्देललाई अफर गएको छ । चलचित्रको कथा मन पराएका आर्यनले फिल्म साइन गरेको अवस्थामा दीपिका र उनको जोडीलाई दर्शकले पहिलो पटक पर्दामा देख्न पाउनेछन् ।

लभ स्टोरी चलचित्रमा सफल देखिएका दिवाकर केहि फरक जनरा र प्रयोग बताइएको अनमोल केसी स्टारर ‘क्याप्टेन’ देखी खासै सन्तुस्ट थिएनन् । त्यसैले पनि आगामी फिल्ममा उनि आफै स्क्रिप्टमा काम गरिरहेको बुझिएको छ । दशैंपछि छायांकन सुरु गर्ने बताइएको फिल्ममा आर्यन र दीपिकाको जोडी देख्ने सम्भावना कत्तिको होला त ?
For More videos Log on to Mazzako TV