मजदुर दिवसमा ‘पसिना’को र्याली काठमान्डौमा
मे १ अर्थात बिस्व मजदुर दिवस । यसै अवसर पारेर बैशाख २७ गतेबाट प्रदर्शनमा आउन लागेकोे फिल्म ‘पसिना’ ले बुधवार मजदुर दिवसको अवसरमा राजधानीमा र्याली निकालेको छ । र्यालीमा फिल्मका मुख्य कलाकार बाहेक निर्देशकदेखि अन्य कलाकारहरु उपस्थित थिए ।‘गरौं सत्कर्म, बगाऔं पसिना’ भन्ने नारासहित निकालिएको र्याली माइतीघर मण्डलाबाट आरम्भ गरिएको थियो । ‘पसिना’ फिल्म आफैले पनि मजदुरहरुको हकहितको लागी आवाज उठाउने भएका ले सम्पन्न र्याली सान्दर्भिक भएको निर्देशक आर. बि. खत्री ले बताए । र्यालीमा फिल्मका प्रमुख कलाकारहरुलाई आग्रह गरिएको भए पनि उपस्थित नभएकोमा निर्माता शान्ता ढकालले चित्त दुखाइन् ।

मजदुर दिवसकै अवसरमा सोही फिल्म को ‘हावा चल्यो सिरिरी’ बोलको गीत पनि सार्बजनिक भएको छ । राजनराज शिवाकोटीको संगीत रहेको गीतमा शिवाकोटी स्वंयमले आवाज भरेका छन् ।गीतमा शब्द नारद रिजालको रहेको छ । गीतको भिडियोमा फिल्मका कलाकारहरु गौरव पहारी, अनु शाह, सरोज खनाल लगायत छन् ।








