जेठको १ गते फिल्म विर विक्रम २ को पर्पल कार्पेट प्रिमियर आयोजना हुने भएको छ । यो फिल्म जेठको ३ गतेबाट रिलिज हुँदैछ । फिल्मको पर्पल कार्पेट प्रिमियर गर्दा कलाकारविच आत्मियता बढ्ने आभाष निर्देशक चाम्सको छ । उनका अनुसार, फिल्मको थिमसँग पर्पल म्याच हुने भएकाले पनि पर्पल कार्पेट रोजिएको हो ।

राजधानीको कुमारी हलमा यो फिल्मको पर्पल कार्पेट आयोजना हुँदैछ । मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्म विर विक्रम २ मा पल शाह, बर्षा सिवाकोटी, नाजिर हुसेन, वुद्दि तामाङको मुख्य भूमिका छ ।

फिल्मले मित्रताको कथा भनेको छ । विर र विक्रमको मित्रता, यूवतीको प्रवेशसँगै हुने द्धन्द्धलाई फिल्मले देखाउन खोजेको छ ।

For More videos Log on to Mazzako TV