निर्माता दिपकराज गिरीले आफूलाई सिनेमाको रेटिङ २ बाट माथि लागेपछि पिर पर्ने थाल्ने बताएका छन् । दिपकराजले आफूलाई २ र त्यो भन्दा तल नै रेटिङ ठिक हुने बताए । नेपालमा कमेडी फिल्मलाई दोश्रो दर्जानको सिनेमाको रुपमा हेर्ने गरिएकोमा भने उनले असन्तुष्टी पोखेका छन् ।

नेपाली फिल्ममा कमेडी फिल्म त कमेडी नै होइनन् भन्ने गरिएको उनले गुनासो गरे । दिपकले आफूलाई सिनेमाको रेटिङ भन्दा पनि व्यापारिक आँकडा महत्वपूर्ण हुने बताएका छन् । उनले छक्का पन्जा ३ ले १९ करोड बढी कमाएको भन्दै अब अर्को फिल्मले २०–२५ करोड कमाउनुपर्ने बताएका थिए ।

दिपकराजले समिक्षकले आफूहरुले बनाएको फिल्मलाई दोश्रो दर्जाको स्थानमा राखेको भन्दै असन्तुष्टी पोखे ।

For More videos Log on to Mazzako TV