‘छ माया छपक्कै’ निर्माण घोषणा, दीपकको जोडी केकी

फिल्म ‘छ माया छपक्कै’ को निर्माण घोषणा गरिएको छ । होटल सोल्टीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको औपचारिक घोषणा गरिएको हो । फिल्मलाई दीपेन्द्र लामाको निर्देशन गर्न लागेका हुन् भने दीपाश्री निरौला निर्देशन सल्लाहकारको रुपमा रहने छिन् । फिल्मको घोषणा कार्यक्रममा अभिनेत्री केकी अधिकारी, कलाकार त्रय दीपकराज गिरी, केदार घिमिरे र जितु नेपालले रमाइलो प्रहसन प्रस्तुत गरेका थिए ।

आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आइएमईको प्रस्तुतीमा निर्माण हुने फिल्ममा रोहित अधिकारीको एकल लगानी रहनेछ । निर्माता अधिकारीको लगानी सुरक्षित भएपछि दीपकराजको टिमले मुनाफाको ५० प्रतिशत पाउँने छन् । जेठ पहिलो साताबाट फ्लोरमा जाने फिल्मलाई हरि हुमागाइँले खिच्नेछन् । जितु र केदार फिल्मका कार्यकारी निर्माता हुन् ।

फिल्ममा दीपक शर्माको संगीत, कविराज गहतराजको कोरियोग्राफी, विपिन मल्लको सम्पादन रहने छ । निर्देशक लामाको कथा, दीपकराज पटकथा र संवाद दीपक, केदार, जितु र अभिमन्यू निरबीको रहने छ । फिल्म यस बर्षको दशैंमा सिनेमा घरमा हेर्न पाईने छ ।
For More videos Log on to Mazzako TV







