क्याप्टेन विजय लामा वायुसेवा निगमको प्रवक्ता पदबाट निलम्बित
नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका प्रवक्ता तथा क्याप्टेन विजय लामालाई निलम्बन गरेको छ । वायुसेवा निगमको बोर्डिङ भएको जहाजलाई उड्न नदिएको विषयलाई लिएर विवादास्पद अभिव्यक्ति दिएका लामा कारवाहीमा परेका हुन् । सोही विषयमा क्याप्टेन लामासँग नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टिकरण मागेको थियो । तर, उनको जवाफ चित्त बुझ्दो नभएको भन्दै प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले नेपाल वायु सेवा निगमको प्रवक्ताबाट नहटेसम्म लामालाई जहाज उडानसमेत प्रतिबन्ध लगाइएको बताए ।

लामा प्रवक्ता पदमा रहिन्जेल जहाज उडाउन नपाउने भएपछि उनलाई प्रवक्ताबाट पदमुक्त गरिएको निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए ।
For More videos Log on to Mazzako TV







