जेठ १७ गते रिलिज मिती तोकेको चलचित्र ‘कप्स’को ट्रेलर सार्बजनिक भएको छ । अनुपविक्रम शाही र सन्दिपा लिम्बुको मुख्य भूमिकामा तयार चलचित्रमा इमान्दार प्रहरीको कथालाई प्रस्तुत गरेको बताइएको छ ।

भिलेनको रुपमा रुचाइएका कलाकार अनुप विक्रम शाही प्रोटागोनिस्ट भूमिकामा रहेका चलचित्र बक्स अफिसमा सफल छैनन् । अभिनयको तारिफ भएपनी हल सम्म दर्शक तान्न असफल देखिएका अनुपको लागी यस फिल्म विशेष हुनेछ ।
सम्राट सापकोटाको लेखन तथा निर्देशनमा तयार भएको यस चलचित्रमा राम शाक्यको लगानी रहेको छ ।

For More videos Log on to Mazzako TV