फेरी बिवादमा प्रियंका आयुष्मान
नेपाली चर्चित कलाकार प्रेम जोडी हो, प्रियंका कार्की र आयुष्मान देशराज जोशी को । जती चर्चित उति कन्ट्रोभर्सीएल यस जोडी फेरी अर्को बिबादमा फसेको छ । बिबाद हो, एपिवान टेलिभिजनको चर्चित कार्यक्रम ‘को बन्छ करोडपती’मा उनिहरु गएपछीको । त्यहाँ उनिहरु लाई ६ प्रश्न सोधिएको थियो । जसमध्य ५ प्रश्नको सही उत्तर दिएका कलाकार जोडी छैठौँ प्रश्नमा अल्झिए । करिब २५ मिनेट सोही छैटौं प्रश्नको लागी खर्चेका उनिहरुको सामाजिक सन्जालमा बिबिध टिका टिप्पणी भएको छ । सिसाकलममा भएको ‘एच बि’ ले के जनाउँछ ? भन्ने प्रश्नमा उनिहरुले दिएको उत्तर गलत भएपछी अहिले सामाजिक सन्जालमा बिभिन्न ट्रोल समेत बनेका छन् ।

त्यती मै बिबाद सकिदैन । कार्यक्रममा राजेश हमालले प्रियंका र आयुष्मानलाई राष्ट्रिय गानमा कति पटक नेपाल शब्द आउँछ ? भनेर प्रश्न सोधेका थिए । यसै क्रममा राष्ट्रिय गीत गाउँदा र बज्दा राजेश हमाल, प्रियंका र आयुष्मान कोही पनि आफ्नो सिट बाट उठेनन् । यद्यपी राष्ट्रिय गानको सम्मानमा गीत बज्दा सबै जना उठेर बस्नु पर्ने भनिएपनि तीनै जना सिटबाट नउठी सुनेर मात्र बसे ।

कार्यक्रममा राष्ट्रिय गानबाट प्रश्न बनाएर सोध्नु राम्रो भएको तर राष्ट्रिय गान बज्दा उठ्नुपर्छ भन्ने कुरा देशका चर्चित कलाकारलाई थाहा नभएको भन्दै धेरैले टिप्पणी गरेका हुन् ।








