नायिका तथा समाजसेवी श्वेता खड्काको चिउँडोमुनि ट्यूमर देखिएपछि भारतको दिल्लीमा शल्यक्रिया गराइएको छ । दिल्लीस्थित बीएलके सुपर स्पेसियालिटी अस्पताल भर्ना भएकी श्वेता आफ्नो शल्यक्रिया सफल भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् ।

‘हेल्लो जिन्दगी’ को सुटिङका लागि लन्डन पुगेकी श्वेता केहि दिन सुटिङ गरेपछि अस्वस्थ भएकी थिइन् । अस्पतालकै बेडबाट खड्काले फेसबुकमाफर्त अब चलचित्र ‘हेल्लो जिन्दगी’ गर्न असक्षम भएको बताउँदै दुख ब्यक्त गरेकी छिन् ।

उनी स्टाटसमा लेखेकी छिन् ‘जीवनले फेरि मसँग अर्को खेल खेल्यो । वास्तवमा जिन्दगी अनिश्चित हुन्छ भन्ने भनाई सत्य रहेछ । तपाईंले बनाएका योजनाहरु केही सेकेन्डम भताभुंग हुँदा रहेछन् । म दु:खपूर्वक तपाईंहरुलाई जानकारी गराउन चाहन्छु कि अब म आफ्नो नयाँ चलचित्र हेल्लो जिन्दगीमा काम गर्न सक्षम हुनेछैन । डरलाग्दो अवस्थालाई जितेर पुन नयाँ जीवन पाएको खड्काले जीवनले दोस्रो पटक खेल खेलेको बताइन् ।

For More videos Log on to Mazzako TV