दशैं, तर कुन दिन ?
फिल्म छ माया छपक्कैको अफिसियल घोषणा हुनुभन्दा अघि निर्देशक अशोक शर्माले नयाँ फिल्म रातो टिका निधारमाको रिलिज डेट तोकेका छन् । उनले यो सिनेमा यो बर्षको दशैंमा रिलिज हुने भन्दै पोष्टर सार्वजनिक गरे ।

छ माया छपक्कैको घोषणा हुने दिन नै अशोकले आफ्नो नयाँ सिनेमा दशैंमा नै आउने घोषणा गरेका हुन् । अशोकको यो तरिकाले पनि यसपटक फेरि दिपकराज गिरी र उनको राजनीति ठूलै मच्चिने देखिएको छ । किनकी, दशैंमा भनिएतापनि कुन मितिमा तय गरिएको छैन ।
यसपटक पनि अशोकले छ माया छपक्कै आउने दिनमा नै रिलिज गर्ने अडान राख्ने देखिएको छ । यो अडानले यसपटक पनि दुई सिनेमाको राजनीति ठूलै हुने देखिन्छ ।
For More videos Log on to Mazzako TV







