अनमोलको बिषयमा झरनाको हतारो
अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाले काम गरेको फिल्म ए मेरो हजुर ३ तेश्रो हप्तामा चलिरहेको छ । यो फिल्मले राम्रो कमाई गरिरहँदा यसकी निर्देशक झरना थापाले भागवत गीतामा अनमोल र सुहाना हुने भनेर घोषणा गरिन् ।

झरनाले फेसबुकमा नै अनमोल र सुहाना फिल्ममा हुने आशयको स्टाटस लेखिन् । जसलेगर्दा, अभिनेता केसीले भागवत गीतामा काम गर्न लागेको चर्चा भयो ।
तर, अभिनेता अनमोलले यो फिल्मको कथा नै पाएका छैनन् । फिल्मको कथा नहेरी आफूले साइन नगर्ने अनमोलको भनाई छ ।
अभिनेताले फिल्मको कथा नै नपाएको अवस्थामा अनमोल केसीलाई दबाब दिनका लागि झरनाले यो खालको हतार गरेकी हुन् कि ? केही समय झरनाले अनमोलको बिषयमा धैर्य गरेको भए राम्रो हुने थियो ।
For More videos Log on to Mazzako TV