केकीलाई फाइदा
निरन्तर असफल सिनेमामा काम गरिरहेकी अभिनेत्री केकी अधिकारी एक चलेको ब्यानरसँग जोडिएकी छिन् । दिपकराज गिरी र दीपाश्री निरौलाले निर्माता रोहित अधिकारीसँग मिलेर बनाउन लागेको फिल्म छ माया छपक्कैमा केकी अधिकारी जोडिएकी हुन् ।

केकी अधिकारीसँग फिल्मको टिमले संझौता गरेको छ । केकीले काम गर्ने चर्चा चलेको लामो समय भएपनि आइतबार मात्र उनी सिनेमामा अनुवन्धित भएकी हुन् । यो ब्यानरसँग जोडिएपछि अभिनेत्री केकी अधिकारीलाई राहत मिलेको छ ।
सिनेमामा दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे मुख्य भूमिकामा छन् । दिपेन्द्र लामाले सिनेमाको निर्देशन गर्दैछन् ।
For More videos Log on to Mazzako TV