के भागवत गीतामा अनमोल र सुहाना हुन् ?
अभिनेता अनमोल केसीले ए मेरो हजुर ३ फिल्मपछि भागवत गीता फिल्ममा काम गर्ने संभावना बढी देखिएको छ । अभिनेता केसीले ए मेरो हजुर ३ की निर्देशक झरना थापाले नै निर्देशन गर्न लागेको फिल्म भागवत गीतामा काम गर्ने संभावना प्रवल छ ।

अभिनेता केसीले फिल्मका लागि हुन्छ भनिसकेका छैनन् । तर, निर्देशक झरना थापाले मेरा भागवत र गीता भनेर फेसबुकमा फोटो हालेपछि यसले चर्चा पाएको छ । झरनाले छोरी सुहानाको जन्मदिनमा भागवत गीता वा ए मेरो हजुर ४ को घोषणा गर्ने संभावना छ । तर, झरना भागवत गीतामै बढी जोड दिएकी छिन् ।
यो फिल्मका लागि अभिनेता अनमोल केसीसँग कुरा भैरहेको छ । तर, अनमोलले कथा पढेपछि मात्र निर्णय दिने बताएका छन् ।
For More videos Log on to Mazzako TV







