हाँस्य कलाकार किरण केसीले राता मकै गेट बनाएका छन् । राता मकै गेट उनले आफूलाई चिनाएको क्यारेक्टरबाट बनाएका हुन् । ललितपुरको इमाडोलमा रहेको राता मकै चोकमा यो गेट निर्माण भएको छ । किरण केसीले आफूले समाजसेवाका लागि गेट नबनाएको बताए ।

उनले, आफूले समाजसेवामा नाम कमाउनका लागि यस्तो काम नगरेको बताए । उनले निर्माण गरेको गेटको लक्ष्मीनगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ, हाँस्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले उद्घाटन गरेका थिए ।

राता मकै गेट बनाउनका लागि ६ लाख खर्च भएको किरणले बताए । राता मकै चोक अहिले इमाडोडलमा हिट छ । कलाकारले यो खालको काम गरेको भन्दै मेयर श्रेष्ठले प्रशंसा गरेका थिए ।

For More videos Log on to Mazzako TV