३० लाख पारिश्रमिकमा पुष्पको स्पष्टिकरण
अभिनेता पुष्प खड्काले एउटा फिल्मका लागि ३० लाख पारिश्रमिक लिएपछि चर्चा भयो । उनलाई गाली गर्नेहरुको संख्या पनि बढ्यो । तर, पुष्पले भने एउटा कलाकारले समय कति दिनु पर्छ भनेर पनि पारिश्रमिक माग्ने बताएका छन् ।

आफूलाई ३० लाख पारिश्रमिकको अफर आएको बिषयमा पुष्पलले भनेका छन्, मैले सो फिल्मका लागि एक बर्ष दिनुपर्ने थियो । मैले १२ महिना समय दिदा महिनाको २ देखि साढे २ लाख रुपैयाँ आफूलाई चाहिन्छ भनेर नै सो खालको पारिश्रमिक मागेको बताए ।
पुष्पलले अहिले एउटा कलाकारलाई पनि जीवन धान्न पारिश्रमिक आवश्यक पर्ने बताएका छन् । पुष्पल अभिनित फिल्म दाल भात तरकारी वैशाख २० गते र मारुनी भदौको १३ गतेबाट रिलिज हुँदैछ ।








