दिनेश पौडेलको निर्देशित रहेको फिल्म ‘रे’ पहिलो गीत ‘सागर माथि’ बोलको गीतसार्वजनिक गरिएको छ्र । सार्वजनिक गीतमा स्वर मेलिना राई र ओम सुनारको शब्द राजेन्द्र त्रिपाठीको संगीत स्वम गायक सुनारको रहेको छ ।

सगुन फिल्मसको ब्यानरमा निर्मित फिल्म आउदो असार २७ गते अल नेपाल प्रदर्शन हुने छ । फिल्मलाई श्री राम बालाजी फिल्मस् ले बितरणको जिम्मा लिएको छ । फिल्ममा सुनिल थापा, दिबस धिताल, पुर्णिमा लामा, सुजता थापा, क्रान्ति बराइली लगायतको अभिनय रहेको छ ।

काठमाडौं उपत्यकामा मनाइने जात्रा र त्यससँग सम्बन्धित अलौकिक शक्तिको कथामा आधारित रहेर फिल्म निर्माण गरिएको बताइएको छ । निर्माता प्रकाश त्रीपाठी रहेका छन् । यो चलचित्रको हल सम्म आईपुग्दा सबा करोड पुग्ने निर्माण पक्षले जानकारी गराएका छन् ।

For More videos Log on to Mazzako TV