पुष्पनको शब्द संगीतमा नेपाल आईडलका अमितको नयाँ गीत (भिडियो)
नेपाल आईडलका अमित बरालको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । पुष्पन प्रधानको शब्द संगीत रहेको ‘म तिम्रै हूँ’ बोलको गीतमा अमितको स्वर सुन्न सकिन्छ ।

अमितले नेपाल आईडलमा पुष्पनको गीतहरु गाएसंगै यी दुबैको चर्चा नेपाली मिडियामा चुलिएको थियो । गीतको संगीत संयोजन रिकेश गुरुङले गरेका छन् । भिडियोबाट अमित आफैले अभिनयमा समेत डेब्यु गरेका छन् । भिडियोमा अमितसंग मोडल तथा संचारकर्मी शाक्षी लम्सालले स्क्रिन सेयर गरेका छिन् ।
नेपाल आइडलका सहायक निर्देशक मोहनराज अधिकारीले यो भिडियोको निर्देशन गरेका हुन् । शिवराम श्रेष्ठले छयांकन गरेको भिडियोमा लोकेश बज्राचार्यको सम्पादन रहेको छ । आफ्नो पहिलो गीत बनाउँन आफुले निकै मेहेनत गरेको र यसबाट आफु निकै आशावादी रहेको अमितले बताए ।
हाल दुबईमा रहेका गीतका संगीतकार पुष्पन प्रधानले अमितलाई भिडियो सन्देश समेत पठाएका थिए । अमितको सफलताको कामना गर्दै यो साथ रहिरहने भिडियो सन्देशमा पुष्पनले उल्लेख गरेका थिए ।








