आजबाट रिलिज भएको हलिउड फिल्म एभेन्जर्सका कारण नेपाली फिल्म छक्का पन्जा २ को रि रिलिज प्रभावित भएको छ । आजबाट रि रिलिजमा आएको छक्का पन्जा २ ले मल्टिप्लेक्समा शो नै पाएन । मल्टिप्लेक्सले पोष्टर राखेर पनि सिनेमा रिलिज नगरेपछि यसको व्यापारिक आँकलनमा समस्या परेको छ ।

सिनेमालाई राजधानीका कुनै पनि मप्लिप्लेक्सले शो दिएनन् । सबैजसो शो हलिउड सिनेमाले पाएको छ । सिनेमा राजधानी बाहिरका ५० वटा हलमा र राजधानीका सिंगल हलमा लागेको निर्माताले जानकारी दिएका छन् ।

छक्का पन्जा २ को रि रिलिजले नेपाली फिल्म युटुबमा राख्ने या नराख्ने भन्ने पनि सन्देश दिने विश्लेषण गरिएको थियो ।

For More videos Log on to Mazzako TV