बिभिन्न कारणले रिलिज हुन नसकेको फिल्म ‘कुम्भ करण’ ले पोस्टर रिलिज गर्दै प्रदर्शन मिति तय गरेको छ । फिल्मले जेठ १७ गतेबाट अल नेपाल सार्वजनिक प्रर्दशनमा आउने तयारी गरेको हो । दुई बर्ष पहिले निर्माण भई विभिन्न कारणबस प्रदर्शन हुन नसकेको फिल्म अब भने प्रदर्शनमा आउँने पक्का भएको हो ।

सार्वजनिक दुई पोस्टरमा फिल्मका मुख्य चार कलाकारलाई प्रस्तुत गरिएको छ । फिल्मलाई दीपक वलीले निर्देशन गरेका हुन् । ‘कुम्भ करण’ मा नीशा अधिकारी, गौरव पहारी, भोला सापकोटा, अभय बराल मुख्य भूमिकामा छन् । फिल्मको ट्रेलर यसअघि नै रिलिज भइसकेको छ । क्षितिज बस्नेत र चित्रबहादुर घर्तीमगरले फिल्मलाई निर्माण गरेका हुन् ।

For More videos Log on to Mazzako TV