नेपाल आइडलकी निलीमाको गीतमा प्रकृति श्रेष्ठ (भिडियो)
गायक इन्द्र आर पी र नेपाल आइडलकी निलीमा थापा मगरको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । इन्द्र आर पी र निलीमाको स्वर रहेको ‘तुसारो’ बोलको गीत बिहीबार अष्ट्रेलियामा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरियो । इन्द्र आर पी निलीमाका गुरु समेत हुन् ।

सार्वजनिक म्युजिक भिडियोमा नायिका प्रकृति श्रेष्ठ र मिलन मिश्र प्रस्तुत छन् । प्रकृति लामो समयपछि म्युजिक भिडियोमा देखा परेकी हुन् । उनलाई सानै पर्दामा भए पनि देख्न पाउँनु फ्यानहरुका लागि भने खुसीको कुरा हुन सक्छ ।
उक्त म्युजिक भिडियोको सम्पूर्ण छायांकन अष्ट्रेलियामा विनोद केसीले गरेका छन् । गीतको शब्द निर्देशक केसीले रचना गरेका हुन् । गायक इन्द्र आर पी कै सङ्गीत रहेको गीतमा संगीत संयोजन उदय राज पौडेलको रहेको छ । भिडियोलाई विनोद केसीले निर्देशन गरेका हुन् ।