अभिनेत्री आँचल शर्मा र अभिनेता पल शाहको प्रेममा विश्राम लागेको अहिले चर्चा छ । यो चर्चा एकान दुईकान मैदान हुँदैछ । विस्तारै यसले संचारमाध्यममा पनि स्थान पाउन थालेको छ ।
यसैले पनि अब पल र आँचललाई पनि यो प्रश्नको सामना गरिरहनुपरेको छ ।

यसैविच, अभिनेता पल शाह आफू अभिनित फिल्म वीर विक्रम २ को पत्रकार सम्मेलनमा पुगेका थिए । सो समयमा उनलाई आँचलसँगको प्रेम सम्बन्न्धको प्रश्नले घेर्यो । आँचलसँगको प्रेमको बारेमा सोध्दा उनले अहिले नै यो बिषयमा कुरा गर्नका लागि उत्तम नहुने सुनाए ।

उनले अभिनेत्री बर्षा सिवाकोटीसँग नजिक भएर आँचलसँग टाढा भएको हो भन्ने कुरालाई पनि स्विकार गरेनन् । तर, पल र आँचल दुबैले अहिले ब्रेकअपको प्रश्नको सामना गर्नु परिरहेको छ ।

For More videos Log on to Mazzako TV