अभिनेत्री बर्षा सिवाकोटी फिल्म विर विक्रम २ बाट आशाबादी छिन् । यो फिल्म उनको करिअरका लागि पनि नयाँ पोइन्ट बन्न सक्छ । बर्षा सिवाकोटी अभिनित यो फिल्मको ट्रेलर रिलिज भयो । ट्रेलर रिलिजमा बर्षा आकर्षक बनिन् ।

बर्षाको साथमा कलाकार नाजिर हुसेन, बुद्दि तामाङ लगायतका कलाकार उपस्थित भएको कार्यक्रममा बिहेको कुरा निस्कियो । बुद्दि, नाजिरलाई बिहेका लागि हतार भएको भन्दै कार्यक्रम संचालक नरेश भट्टराइले जिस्काए । सो समयमा बर्षालाई पनि बिहेको लागि हतार छ भनेर नरेशले भन्दै गर्दा उनले आफूलाई अहिले हतार नभएको भन्दै मुन्टो हल्लाइन् ।

बर्षा अहिले करिअर फक्राउने दाउमा छिन् । यसैले पनि उनलाई बिहेका लागि हतार नभएको हुनसक्छ ।

For More videos Log on to Mazzako TV