के छ माया छपक्कैमा केकी हुन् ?
अभिनेत्रीको कारणले पनि अहिले छ माया छपक्कै चर्चामा छ । अभिनेत्री को होलिन् भन्ने चर्चा चलिरहेको् छ । आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई दिपेन्द्र लामाले निर्देशन गर्दैछन् ।

फिल्ममा दिपकराज गिरी, केदार घिमिरे र जितु नेपाल फाइनल भैसकेका छन् । यसैविच, यो फिल्मका लागि अभिनेत्री फाइनल भएको खबर सार्वजनिक भैरहेको छ । फिल्मका लागि अभिनेत्री केकी अधिकारीसँग कुरा अघि बढाइएको छ । केकीलाई नै फाइनल गर्ने तयारी गरिएको पनि वुझिन्छ । केकी अधिकारीसँग दिपकराज गिरीको टिमले छक्का पन्जामा पनि काम गर्न खोजेको हो, तर त्यो समयमा विविध कराणले मिलेन ।
यदि यो फिल्मका लागि केकी फाइनल भइन् भने उनका लागि यो एउटा ठूलो प्रोजेक्ट हुनेछ । केकी अधिकारी नेपाली फिल्ममा असफल अभिनेत्रीको रुपमा चिनिन्छिन् ।
For More videos Log on to Mazzako TV







