पल शाह र बर्षा सिवाकोटी अभिनित फिल्म ‘बीर विक्रम २’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलरमा सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा पल बीरको भूमिकामा छन् भने नाजिर हुसेन विक्रमको भूमिकामा प्रस्तुत छन् । यीनै २ को मित्रतालाई ट्रेलरमा प्रस्तुत गरिएको छ । फिल्मका यसअघि सार्वजनिक ‘पिरतीको मिठो तिर्सना’ र ‘बाचा’ बोलका गीतले मज्जाको प्रतिक्रिया पाइरहेका छन् ।

यसमा बादलको भूमिका भने वर्षा सिवाकोटीले निर्वाह गरेकी छिन् । बादलको मायामा बीर र विक्रम परेपछि आउने परिस्थितिलाई फिल्मले चित्रण गरेको छ । आउँदो जेठ ३ गतेबाट अलनेपाल एकसाथ रिलिज हुने फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।

फिल्मले मित्रता र मायाको कथा समेटेको निर्देशक चाम्स बताउँछन् । फिल्ममा देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बु लगायतको पनि अभिनय छ । अपर्ण सापकोटा यसको सह–निर्माताको रुपमा रहेका छन् । फिल्मलाई सुदीप बरालले खिचेका हुन् । हिमाल केसीको द्वन्द्व रहेको फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन् ।

For More videos Log on to Mazzako TV