बुद्धीको ‘बाघ-बहादुरले’ ‘हैट’ बिर्साउला त ?
नेपाली फिल्म ‘विर विक्रम २’ को ट्रेलर सार्वजनिक भएको छ । मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको फिल्म पल शाह, नाजिर हुसेन, बर्षा सिवाकोटि, बुद्धी तामाङ मुख्य भूमिकामा छन् । ट्रेलरमा बुद्दी तामांग भिलेनको भूमिकामा देखिएका छन् ।

यस फिल्ममा बुद्धी ‘बाघ बहादुर’ बनेका छन् । ‘हैट’ उपमाले चर्चित बुद्धी लाई धेरै फिल्ममा खासै भिन्न अवतारमा देखिएको थिएन । तर यस फिल्मको ट्रेलर हेर्दा भने बुद्धीले केहि नयाँ प्रयोग गर्न पाएको देखिन्छ । अब उनको नयाँ प्रयोगमा कत्तिको रङ्ग आउँछ त्यो भने जेठ ३ गते फिल्म रिलिज पछी नै थाहा होला ।









