‘कठपुतली’को पोष्टर यस्तो भयानक
नेपाली चलचित्र ‘कठपुतली’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा मास्के,सुबर्ण थापा, उषा रजक लगायतको अभिनय छ । हरर बिधामा निर्माण गरिएको चलचित्रले राजादरबार भित्र हुने महिला बलात्कार र बदला लाई उठान गरेको बुझिएको छ । यस चलचित्र पृथ्वीराना मगरले निर्माण गरेका हुन् भने फिल्ममा सम्पदा मल्लको कथा रहेको छ । चलचित्रलाई भिमसेन लामाले निर्देशन गरेका छन् ।
