यूएइको हवाई जहाजमा ‘हरी’
विश्वका विभिन्न एयरलाइन्सबाट उडान अवधीभर फरक फरक चलचित्र हेर्ने ब्यवस्था हुने गर्छ । तर नेपाली चलचित्र एस्ता उडानका बेला हेर्ने चाँजो पाजो थिएन । नेपाली चलचित्र मन पार्ने दर्शकको लागी अन्य भाषाको चलचित्र मात्र हेर्दा खल्लो लाग्नु स्वभाविक हो । तर, अब यूएइको एक एयरलाइन्सले भने नेपाली चलचित्र खरिद गर्ने भएको छ।

नेपालफ्लिक्सले युएइको एक एयरलाइन्सँग नेपाली चलचित्र उडानको बेला प्रदर्शन गर्नेगरि सहमती गरेको छ । प्रदशनको सुरुवात बिपिन कार्की अभिनित चलचित्र ‘हरी’बाट हुँदैछ । अहिले सम्म एयरलाइन्सको नाम नखुलाइएको भएपनी काठमाण्डौ र विश्वका विभिन्न देशबाट उक्त एयरलाइन्समा उडान भर्दा दर्शकले ‘हरी’ चलचित्र हेर्न पाउने छन् ।
अनलाइन बाट ससुल्क फिल्म हेर्ने सहज प्लेटफर्म नेपालफ्लिक्सले ‘हरी’ पछी अन्य फिल्म पनि उक्त एयरलाइन्सबाट प्रदशन गर्ने बताइएको छ ।
For More videos Log on to Mazzako TV







