एभेन्जर्ससँग जुध्ने छक्का पन्जा २ को शक्ति
शुक्रबारदेखि हलिउड फिल्म एभेन्जर्स रिलिज हुँदैछ । तर, यही मितिमा नेपाली फिल्म छक्का पन्जा २ को रि रिलिज पनि गरिदैछ । छक्का पन्जा २ डेढ बर्ष अघि रिलिज भएर बम्पर हिट भएको फिल्म हो ।

यसैले पनि यो फिल्म दर्शकको लागि कती प्रतिक्षित होला भन्ने बहस उठ्न सक्छ । नेपालमा सिनेमा फेरि रिलिज गर्ने प्रथा पुरानो हो । अहिले डिजिटल सिस्टम आउनु र धेरै सिनेमा बन्नुले पनि रि रिलिज हुन सकिरहेका छैनन् । तर, छक्का पन्जा २ ले यो कुराको सुरुवात फेरि गरेको छ । तर, यो मितिमा हलिउडको ठूलो फिल्म एभेन्जर्स पनि रिलिज हुँदैछ ।
यो सिनेमासँग छक्का पन्जा २ ले ठूलै शक्ति लडाउन पर्छ । हलिउड फिल्मको बुकिङ खुल्ने वित्तिकै अधिकांश शोज सोल्ड आउट हुनुले पनि यो कुराको पुष्टी गर्छ । छक्का पन्जा २ एभेन्जर्स नहेर्ने दर्शकले हेर्ने विश्वास निर्माता दिपकराज गिरीको छ ।
For More videos Log on to Mazzako TV







