हनिुमनले रोक्यो बर्षाको दाल भात तरकारी प्रमोशन यात्रा
सिनेमा जात्रै जात्राको छायांकन सकेर अभिनेत्री बर्षा राउत र अभिनेता संजोग कोइराला यूरोप उडेका छन् । उनीहरुले इटालीबाट सुरु गरेको हनिमुन ट्रिप फ्रान्स पुगेको छ । अभिनेत्री बर्षा राउत र अभिनेता संजोग कोइरालाले फागूणमा बिहे गरेका थिए ।

तर, सिनेमाको छायांकनमा बर्षा व्यस्त हुनु, संजोग व्यापारिक काममा व्यस्त हुनुले उनीहरुले हनिमुनका लागि समय निकाल्न पाएका थिएनन् । बर्षा हनिमुन यात्रामा निस्किएपछि उनको फ्रेस रिलिज सिनेमा दाल भात तरकारीको प्रमोशन यात्रा भने रोकिएको छ ।
उनी, सिनेमा जात्रै जात्राको प्रमोशनका लागि भने नेपाल आइपुग्ने बताउँछिन् । दाल भात तरकारीमा बर्षाको साथमा अन्य केही अभिनेत्री पनि छन् भने जात्रै जात्रामा उनी सोलो अभिनेत्री हुन् ।
For More videos Log on to Mazzako TV







