सुपरहिट फिल्म ‘प्रेम गीत’ को सिक्वेल ‘प्रेम गीत ३’ को २ वटा पोष्टर सार्वजनिक भएको छ । फिल्मका निर्माता सन्तोष सेनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा २ वटा पोष्टर सार्वजनिक गरेका हुन् । सार्वजनिक पोष्टरमा कलाकारको अनुहार देखाइएको छैन् । यसबारेमा प्रेस मिट गरेर कलाकारको अनुहार सहितको पोष्टर सार्वजनिक गर्ने निर्माता सेनले उल्लेख गरेका छन् ।

केही दिन अघि मात्रै फिल्म ‘प्रेम गीत ३’ को लोकेशन हण्टिङका लागि फिल्म निर्माण युनिट मनाङ मुस्ताङ का केही स्थानमा पुगेका थिए । लोकेशन अवलोकन गरे संगै निर्माण युनिटले पोस्टर सार्वजनिक गरेका हुन् । पोष्टरमा कलाकारको पिठ्यु देखाइएको छ भने हातमा बन्चरो र पिठ्युमा बन्दुक बोकेको देखाइएको छ ।

फिल्मलाई निर्माता सन्तोष सेन र निर्देशक छेतन गुरुङ दुवै जना मिलेर निर्देशन गर्ने भएका छन् । पोस्टर सार्वजनिक गरेसंगै फिल्मको रिलिज मिति पनि सार्वजनिक गरेका छन् । पोष्टरमा उल्लेख भए अनुसार प्रेमगीत ३ यो वर्षको अन्तिम चैत्र २८ गते अर्थात् २०७७ सालको नयाँ वर्षको छेको पारेर आउने भएको छ ।

यो संगै अब नायक प्रदीप खड्कालाई पर्दामा हेर्न १ वर्ष कुर्नु पर्ने भएको छ। फिल्मका लागि आवश्यक गेटअप र शारिरिक फिटनेसको लागि उनी पूरा व्यस्त हुने पक्का पक्की भएको छ । फिल्ममा महानायक राजेश हमाल पनि प्रदीप खड्का पिताको भूमिकामा रहने चर्चा छ ।

For More videos Log on to Mazzako TV