कती राम्री साम्राज्ञी ?
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई दर्शकले पर्दामा रुचाएका छन् । साम्राज्ञीलाई सिनेमाको पर्दामा विभिन्न अवतारमा पनि देख्न पाइन्छ । तर, भदौ १३ गतेबाट रिलिज हुन लागेको मारुनी फिल्ममा उनको भूमिका र गेटअपले भने दर्शकलाई प्रभावित गर्नेछ ।

साम्राज्ञी आफै पनि सिनेमामा प्रयोग भएका पहिरन र आफ्नो भूमिकालाई लिएर उत्साहित देखिएकी छिन् । सिनेमामा प्रयोग भएका साम्राज्ञीका पहिरनलाई निर्मात्री पूनम गौतम आफैले तयार पारेकी हुन् । सक्दिन कि बाच्न बोलको गीतमा साम्राज्ञीलाई रातो गाउनमा निकै नै राम्री देखाइएको छ ।
नवल नेपालले निर्देशन गरिरहेको यो फिल्मलाई पूनम गौतम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो । फिल्ममा साम्राज्ञीको साथमा पुष्प खड्का, रेबिका गुरुङ मुख्य भूमिकामा छन् ।








