फिल्म २ रुपैयाँमा समावेश कुटुमा कुटु बोलको गीतको भिडियोले युटुबमा नयाँ रेकर्ड कायम गरेको छ । यो गीतलाई दर्शकले सबैभन्दा धेरै युटुबमा हेरेका छन् । यो गीतले १० करोड भन्दा बढी पटक युटुबमा हेरिएको गीतको रुपमा आफूलाई उपस्थित गराएको छ ।

अहिलेसम्म कुनै पनि नेपाली गीतले युटुबमा १० करोड भ्यूज पाएको थिएन । राजनराज सिवाकोटीको शब्द तथा संगीतमा तयार भएको यो गीतमा निश्चल बस्नेत, स्वस्तिमा खड्का लगायतले मोडलिङ गरेका छन् । कुटुमा कुटुले नयाँ कोशेढुंगा खडा गरेपछि अब अरु गीतलाई यसको आँकडा छुने चुनौती बनेको छ । यसै गीतका गायक तथा संगीतकार राजनराज सिवाकोटीसंग गरिएको मज्जाको गफगाफ पनि हेर्नुहोस् :

For More videos Log on to Mazzako TV