विराजले पाण्डेसँग माफी मागे
अभिनेता विराज भट्टले माफी मागेका छन् । उनले निर्माण नियन्त्रक शंकर पाण्डेमाथि सोमबार बेलुकी हातपात गरेका थिए । उनले पाण्डेलाई सिनेमा साङ्लोको बिषयमा हातपात गरेका थिए । पाण्डेले साङ्लो सिनेमाको निर्माण नियन्त्रक भएर काम नगर्ने बताएपछि विराजले उनीमाथि हात छाडेका थिए ।

विराजले यही बिषयमा कुटपिट गरेपछि शंकरले चलचित्र प्राविधिक स.घका गुहारेका थिए । मंगलबार चलचित्र प्राविधिक संघमा भएको छलफलमा विराजले माफी मागेका थिए । उनले पाण्डेले संझौतापछि लिएको पेश्की रकम पनि फिर्ता गर्न नपर्ने बताएका छन् ।
विराजको सिनेमा साङ्लो फागूणदेखि छायांकन जाने बताएतापनि अहिलेसम्म यसको छायांकन हुन सकेको छैन ।