पल, बर्षा नाजिरलाई ‘वीरविक्रम २’ पोस्टर कस्तो देखियो ?

अभिनेता पल शाह तथा बर्षा सिवाकोटी स्टारर फिल्म ‘वीरविक्रम २’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । मिलन चाम्स निर्देशित फिल्मका पोस्टरमा फिल्मका चार लिड कलाकार प्रस्तुत छन् । जेठ ३ गतेबाट प्रदर्शनमा आउँने फिल्मका ‘पिरतीको मिठो तिर्सना’ को रिमेक भर्सन र ‘वाचा’ बोलको गीतले मज्जाको प्रतिक्रिया पाईरहेका छन् ।

सार्वजनिक ६ पोस्टरमध्ये ३ मा वर्षा सिवाकोटी, पल शाह, नाजिर हुसेन र बुद्धि तामाङ प्रस्तुत छन् । तस्तै पल र बर्षा, नाजिर र बर्षा अरु एक एक पोस्टरमा छन् , भने बाँकी एकमा पल, बर्षा र नाजिर लाई देखाइएको छ ।

बिरक्रिम २ फिल्म ‘वीरविक्रम’ को सिक्वेल हो । फरक कथावस्तुमा निर्माण भएका कारण सिक्वेल नभएको निर्देशक तथा निर्माता चाम्स बताउँछन् । ‘वीरविक्रम’ मा नाजिरसँगै दयाहाङ राई, अनुप विक्रम शाही, दीया पुन लिड रोलमा थिए ।

‘वीरविक्रम २’ लाई सुदीप बरालले छायांकन गरेका हुन् । अपर्ण सापकोटा निर्माता रहेको फिल्ममा देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बु लगायतको पनि अभिनय छ । हिमाल केसीको द्वन्द्व रहेको फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन् ।










