हजार जुनी सम्ममा सिक्किमको रोडको प्रमोशन
साउन ३० गतेबाट रिलिज हुन लागेको फिल्म हजार जुनी सम्मको एमजी रोडैमा बोलको गीत सार्वजनिक भएको छ । यो गीतले भारतको सिक्किममा रहेको एम जी रोडको धुवादार प्रमोशन गरेको छ ।

एमजी रोड सिक्किमको प्रख्यात ठाउँ हो । गीतका अनुसार, यो सडकमा हिड्दा गोडामा धुलो समेत लाग्दैन । फिल्मको छायांकन नेपाल र भारतमा गरिएको छ । यो गीतले एमजी रोडको खुलेरै प्रमोशन पनि गरेको छ । सिक्किमका विशाल चाम्लिङको लगानी रहेकाले पनि यो गीत सिनेमामा राखिएको हुनुपर्छ ।
किनभने, नेपालमा कमै मात्र ठाउँको प्रमोशन यसरी भएको पाइएको छ । एमजी रोडैमा गीतको प्रमोशन यति धेरै किन गरिएको होला भनेर सिनेमा रिलिजसम्म कुर्न आवश्यक छ ।