नेपाली फिल्मका लागि बर्षको अन्तिम सुखद, सुरुवात कस्तो होला ?
वि.सं २०७५ सालको विचमा आएर धरमराएको नेपाली फिल्मको व्यापार बर्षको अन्तिममा आएको ए मेरो हजुर ३ ले चलायमान बनाइदियो । यो फिल्म रिलिज भएपछि फिल्म बन्दैन भनेर चिन्तित देखिएकाहरु पनि खुशी देखिएका छन् ।

यसैले पनि नयाँ बर्षको नयाँ महिना कस्तो हुन्छ भन्ने अनुमान गर्न थालिएको छ । छक्का पन्जा २ रिरिलिज, कालो बर्ष नामक सिनेमा बाहेक यो महिना दाल भात तरकारी जस्तो ठूलो ब्यानरको आशा गरिएको फिल्म छ । दाल भात तरकारीको व्यापारले नयाँ बर्षमा नेपाली फिल्मको व्यापार कता जाने हो भनेर अनुमान लगाउन सकिन्छ । दाल भात तरकारीले राम्रो कमाई गरेको खण्डमा नयाँ बर्षको सुरुवात नै सुखद हुनेछ ।
यस्तै, जेठ ३ मा रिलिज हुन लागेका जात्रै जात्रा र विर विक्रम २ प्रति पनि दर्शकको आशा छ । किनभने, यी दुबै फिल्म सिक्वेल हुन् । सिक्वेल पनि बजार तताउने अपेक्षा गरिएको छ ।
For More videos Log on to Mazzako TV