लोकप्रिय गायक तथा संगीतका पुष्पन प्रधानको संगीत रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय चर्चित बनेका पुष्पनको ‘सोच बदल्नु पर्छ’ बोलको गीत युट्युब मार्फत सार्वजनिक भएको हो । जोया श्रेष्ठको शब्द रहेको गीतमा करिष्मा बिश्वकर्माको स्वर रहेको छ ।

सार्वजनिक म्युजिक भिडियोमा भेषराज गौतमको अभिनय रहेको छ । सन्तोष लामा (योदिन) ले खिचेको भिडियोलाई प्रेममान सिंह तामाङले सम्पादन तथा निर्देशन गरेका हुन् । गीतमा पुष्पनका यसअघिका गीत जस्तै एकमदै यथार्तबादीको भाब पाइन्छ । गीतले महिला हिंसा गर्नेलाई मज्जाले झापड होनेको छ । गीत सुन्दा र भिडियो हेर्दा एकदमै सन्देशमुलक लाग्छ ।

For More videos Log on to Mazzako TV