रेनशा र प्रज्ज्वलको इन्गेजमेन्ट,बिहे वैशाख २४ मा
‘इन्टु मिन्टु लण्डनमा’बाट चलचित्र निर्देशन यात्रा सुरु गरेकी रेनशा वान्तवा राइले निर्माता प्रज्ज्वल शमशेर जबरा सँग इन्गेजमेन्ट गरेकी छिन् । उनीहरुले काठमाण्डौको एक होटलमा आफन्तका विच इन्गेजमेन्ट गरेका हुन् ।

बिहेको लागी भने बैशाखको २४ गते लगन जुरेको रहेछ । रेनशा र प्रज्ज्वल प्रेममा रहेको चर्चा लामो समय देखी चल्दै आएको हो । आइकोर फिल्मस्का प्रमुख समेत रहेका प्रज्ज्वलले नयाँ २ चलचित्र निर्माणको तयारी समेत गरिरहेका छन् । त्यस मध्य रेनशाकै निर्देशनमा ‘आई एम ट्वान्टी वान’ चलचित्र छायांकन बिहेपछि सुरु हुनेछ । त्यस पछी प्रज्ज्वल कै अर्को निर्माण रहने चलचित्र ‘मेरो एउटा साथी छ २’ बन्नेछ ।
For More videos Log on to Mazzako TV







