जय किशनको चलचित्र ‘हिरो नं. वान’ छायांकनमा
कलाकार तथा निर्देशक जय किशान बस्नेतको ‘हिरो नं. वान’ छायांकनमा निस्कीएको छ । चलचित्र ‘हिरो नं. वान’ शुक्रबारबाट छायांकनमा निस्किएको हो । जय किशन बस्नेत फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुँदै गरेको यस चलचित्रमा लेखन, निर्देशन तथा निर्माण कलाकार जय किशन बस्नेतको नै रहने छ ।

जाहन्वी बस्नेत र ब्रबिम बस्नेतले प्रस्तुत गर्ने यस चलचित्रमा द्धन्द शंकर महर्जन, श्रृंगार रबि केसी, मधु न्यौपानेको गीत, संगीतताराबिर पाण्डे र हरि थापा, नृत्य राम्जी लामीछाने रहेका छन् ।
त्यस्तै, कार्यकारी निर्माता मदन रताम्रकार रहने छन् भने, रामजी राउत र ञन कुमार कट्टेल मुख्य सहायक पनिर्देशक रहने छन् । चलचित्रमा विनोद सापकोटाको छायांकन रहने छ भने, तारा थापा किम्भेको सम्पादन रहने छ ।
यस चलचित्रमा कलाकारहरु जय किशन बस्नेत, एलीना रायमाझी, राजीबजंग बस्नेत, जाहन्वी बस्नेत, टार्जन, शोभित बस्नेत, यत्तलम केसी, संद्धरत्न महर्जन, माया तमाङ, मलन ताम्राकार रहेका छन् ।
चलचित्र ‘हिरो नं. वान’ काठमाडौं, दामन, कुलेखानी, मनाङ, मुस्ताङ, दोलखा, पोखरा लगायतका रमणीय स्थतमा छायांकन हुने चलचित्रका कलाकार निर्देशक तथा निर्माता जय किशन बस्नेतले बताएका छन् ।








