बर्षाको स्टाटस किन आक्रोशपूर्ण छन् ?

अभिनेत्री बर्षा सिवाकोटीले आफू कुनै स्टारको छोरा नभएको, केही कलाकारको पेवा बोकेको युटुब च्यानलसँग पनि सम्बन्ध नभएकाले आफ्नो सिनेमा पुरानो बुलेट हेर्न पत्रकार नआएको भन्दै आक्रोश पोखिन् । बर्षाको यो आक्रोशले निकै नै चर्चा पायो । यो आक्रोशपूर्ण स्टाटसले बर्षालाई मन लागेको कुरा बोल्ने अभिनेत्रीको रुपमा चिनायो ।

बर्षाको अर्को स्टाटस पनि आयो । उनले टिकटकले नेपाली सिनेमाका कलाकारलाई विगारेको भन्दै आक्रोश पोखिन् । बर्षाले यो आक्रोश पोखिरहँदा उनले युटुबमा निकै नै खराब इन्टरभ्यू लिने च्यानल पनि बन्द गर्नुपर्ने लेखिन् । बर्षा आखिर किन यस्ता आक्रोशले भरिएका स्टाटस लेखिरहेकी छिन् ।
बर्षाको यस्तो आक्रोशपूर्ण स्टाटसले उनलाई फाइदा होला कि घाटा ? तर, बर्षाको आक्रोश रोकिने भने देखिदैन ।
For More videos Log on to Mazzako TV







