अभिनेता अनमोल केसीको फिल्मले राम्रो कमाई गर्छन् । अभिनेताको फिल्मले कमाएको रकम हेर्दा उनी निर्मातालाई घाटा पुर्याउँदैनन् । महंगो पारिश्रमिक लिएपनि उनको फिल्मले निर्माताको विल्लीवाठ उठाएका छैनन् । कृ फिल्म महंगो पारिश्रमिकका कारण नेपालबाट लगानी उठाउन सकेन ।

क्याप्टेन फिल्मले नेपालबाट लगानी उठाएको दाबी निर्माता भूवन केसीको छ । उनको पछिल्लो रिलिज ड्रिम्सले आक्रामक कमाई गरेको थियो । तर, अभिनेता अनमोल केसीको पछिल्लो रिलिज ए मेरो हजुर ३ ले भने उनको करिअरमा नयाँ रेकर्ड राखेको छ । यो फिल्म अनमोलको करिअरको सबैभन्दा बढी कमाउने फिल्म बनेको छ ।

दोश्रो हप्ताको शनिबारसम्म पनि व्यापार उस्तै रहेकाले पनि अनमोल केसीको करिअरकै उच्च कमाई गर्ने फिल्म ए मेरो हजुर ३ बनेको छ । यसैले यो फिल्मबाट अभिनेता अनमोल केसीको स्टारडम नयाँ उचाइमा पुगेको छ ।

For More videos Log on to Mazzako TV