छक्का पन्जा २ फेरि चल्ने
दिपकको आशा बैशाख १३ गते नेपाली सिनेमा र चलेको एउटा ब्यानरले नयाँ परिक्षा गर्दैछ । दिपकराज गिरी,दीपाश्री निरौला र आमा सरस्वती मुभिजले बनाएको छक्का पन्जा २ रिलिजको डेढ बर्षपछि फेरि रिलिज हुँदैछ ।

यसपटक छक्का पन्जा २ लाई एभेन्जर्स जस्तो ठूलो हलिउड सिनेमासँग पनि जुध्नु छ । तर, यसपटक पनि छक्का पन्जा २ ले माया पाउने आशा निर्माता दिपकराज गिरीको छ । यो सिनेमा युटुबमा आएको छैन । युटुबमा सिनेमा नआएकाले पनि दर्शकले हलमा गएर फिल्म हेर्छन् भन्ने आशा दिपकराज गिरीको छ ।
यसपटक फिल्ममा केही दृश्य काटिएको र केही दृश्य थपिएको पनि बताइएको छ । यो कुराले पनि दर्शकलाई उत्सुकता पैदा गरेको छ । फिल्म छक्का पन्जा २ कस्तो चल्छ होला ? के यो प्रयोग सफल होला ?
For More videos Log on to Mazzako TV